‘सभ्यतामा नेपाल १ हजार ५ सय वर्ष अगाडि छ’

वैशाख २२, २०८१ ०७:२८

नेपाल र युरोपियन युनियन (ईयू) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशक भइसकेको छ । ईयूसँग नेपालले सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । दुई पक्षबीचको सम्बन्ध थप बलियो र प्रगाढ बनाउन नेपालका लागि ईयूकी राजदूत भेरोनिका लोरेन्जो सक्रिय छिन् । अर्थशास्त्रमा राम्रो दख्खल भएकी राजदूत लोरेन्जो विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिरहेकी छन् ।

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

वैशाख २२, २०८१ ०७:१७

ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन ।

सन् १७९९ मा आजकै दिन : भारतीय शासक टिपु सुल्तानको मृत्यु 

वैशाख २२, २०८१ ०७:०९

सन् १७९९ मा आजकै दिन (मे ४) मा भारतीय शासक टिपु सुल्तानको मृत्यु भएको थियो । उनी दक्षिण भारतस्थित मैसुरका मुस्लिम शासक थिए । १७५१ मा भारतको देवनहल्लीमा जन्मिएका सुल्तान ‘टाइगर अफ मैसुर’ को उपनामले चर्चित थिए । 

अवधी लोककलामा नयाँ पुस्ता

वैशाख २२, २०८१ ०७:०८

कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया खुश्बु खातुन कपिलवस्तु बहुमुखी क्याम्पसमा एमबीएस अध्ययरत छिन् । मुस्लिम समुदायकी उनी अवध क्षेत्रमा बस्ने भएकाले अवधी संस्कृतिमा कला भर्दै छिन् । उनले दीपावलीमा बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भित्तामा टाँस्ने चित्र बनाएकी छन् । हरियो रङको क्यानभासमा उनले चन्द्रसूर्य, कलश, स्वस्तिक छाप, कमलको फूल, धनुष, चौका बेलना र त्रिशूलका चिटिक्कका चित्र कोरेकी छन् । 

काठमाडौं महानगरको सीपमूलक तालिममा मागको ४ गुणा बढी आवेदन

वैशाख २२, २०८१ ०७:०४

काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिममा मागभन्दा चार गुणा बढी आवेदन परेको छ । महानगरपालिकाले टुँडिखेलमा बुधबारदेखि सञ्चालन गरिरहेको सीप मेला–२०८१ मा २ हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगारी’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखेको थियो ।

ठोरी भन्सारबाट अस्थायी पैठारी अनुमति सुरु

वैशाख २२, २०८१ ०७:०१

चितवनबाट नजिक रहेको पर्सा ठोरीको छोटी भन्सार कार्यालयबाट बुधबारदेखि अस्थायी पैठारी अनुमति दिन सुरु भएको छ । यस्तो अनुमति पाएका भारतीय नम्बर प्लेटका गाडी निश्चित राजस्व रकम तिरेपछि वर्षमा ३० दिनसम्म नेपालभर चल्न पाउने नियम छ ।

अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण

वैशाख २२, २०८१ ०६:५८

ललितपुरको भैंसेपाटीमा चौधरी ग्रुपले सञ्चालन गरेको सीजी फुड्स पार्कमा शुक्रबार अपराह्न अज्ञात समूहले आक्रमण गरेको छ । नियोजित जत्थाको बा ४ ख १०८५ नम्बरको बसमा आएको टोलीले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरी भौतिक सम्पत्तिमाथि तोडफोड गरेको कम्पनीको दाबी छ । 

जापानी विदेशमन्त्री भोलि आउँदै

वैशाख २२, २०८१ ०६:५४

जापानी विदेशमन्त्री योको कामीकावा एकदिने भ्रमणमा आइतबार नेपाल आउने भएकी छन् । सद्भावना भ्रमण भनिएकाले द्विपक्षीय हस्ताक्षर हुने वा नयाँ एजेन्डा केही छैनन् । तर बदलिँदो भूराजनीतिक पृष्ठभूमिमा उनको भ्रमणलाई ‘अर्थपूर्ण’ मानिएको छ । उनले नेपालसँगै दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाको समेत भ्रमण गर्ने कार्यतालिका छ । 

४८ पत्रकार पुरस्कृत, कान्तिपुरकर्मी सम्मानित

वैशाख २२, २०८१ ०६:५२

इजरायल–प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो । 

विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

वैशाख २२, २०८१ ०६:४७

ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेल खेलेपछि नेपाली राष्ट्रिय टोली दुई चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ ।

टेनिसले बदलेको सपना

वैशाख २२, २०८१ ०६:४६

एक बालकले अग्लो भीरबाट सेती नदीमा झ्वाम्म हामफाल्दै पौडिनु साहस हो कि मूर्खता ? पोखराको रामघाटमा ६ महिनाअघि मलामी जाँदा देखेको दृश्यले विनोद कायस्थलाई सोचमग्न बनायो । बालकको ‘साहस’लाई ठीक ठाउँमा उपयोग गर्नुपर्ने सोचे । ती बालकलाई बोलाएर सोधे, ‘टेनिस खेल्छौं ?’

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी

वैशाख २२, २०८१ ०६:३४

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको बताएको छ ।

आईपीएल २०२४ : मुम्बईलाई हराएपछि कोलकाता प्ले–अफ नजिक

वैशाख २२, २०८१ ०६:२८

मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो ।

इंग्लिस प्रिमियर लिग : एभरटनसँगको बराबरीमा लुटन टाउनलाई गाह्रो

वैशाख २२, २०८१ ०६:१९

लुटन टाउनले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनसँग १–१ को बराबरी खेलेको छ र यो नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत उसलाई अझ गाह्रो पार्नेछ । यस खेल अगाडि एभरटन आफैं रेलिगेसनबाट बच्ने निश्चित भइसकेको थियो ।

महिला हेड मिस्त्रीका पौरख

रुपन्देहीको तिलोत्तमा–११ भूपू सैनिक पथको एउटा घरबाट झिसमिसेमै साइकलमा निस्किन्छिन् ४६ वर्षीया फूलमाया विक । उनको परिचय हो, घर बनाउने हेड मिस्त्री । बुधबार फूलमायाको साइकलको ह्यान्डिलमा झुन्डिएको हटकेसमा थियो– सुक्खा रोटी र आलुको भुजिया । बिहान उठेर घरको सारा काम सकिवरी परिवारका सदस्यलाई चिया दिएपछि उनी घरबाट निस्किएकी हुन् । कहिलेकाहीं त यति हतार भइदिन्छ, सुक्खा रोटी र टमाटरको चटनीसँग भोक मार्नुपर्छ ।

इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन

वैशाख २२, २०८१ ०५:५६

देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा पूर्ववत् अवस्थामा आइसकेको छ । 

पाँच वर्षदेखि टोखा–छहरे सुरुङमार्गको थप अध्ययन अघि बढेन

वैशाख २१, २०८१ २२:३०

सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने उल्लेख गरेको भए पनि अहिलेसम्म केही काम अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भन्दै चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकताबद्ध हुनुपर्छ : पर्यटनमन्त्री तामाङ

वैशाख २१, २०८१ २२:०८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

वैशाख २१, २०८१ २१:३१

धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

वर्षौं पुरानो घरलाई मर्मत–सम्भार गरेर शीतल सत्कार दिन होमस्टे

वैशाख २१, २०८१ २१:१९

वैशाख लागेसँगै यहाँको तापमान दिनप्रतिदिन बढिरहेको छ । गर्मी बढेर खपिनसक्नु भइरहेका बेला पनि चितवनमै च्यादर ओढेर सुत्नु पर्ने शीतल गाउँ पनि छन् । जिल्लाको पहाडी क्षेत्रमा उखरमाउलो गर्मी खासै हुँदैन । यहाँका युवा टीका गुरुङले इच्छाकामना गाउँपालिका–२ को मायाटारमा सय वर्ष पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याएका छन् ।

कर्पोरेट सुपर सिक्सेस क्रिकेट हुँदै, ट्रफी र जर्सी सार्वजनिक

वैशाख २१, २०८१ २०:५४

सातौं संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन आइतबारदेखि हुने भएको छ । एसएस एभेन्ट्स प्रालि र नेपाल खेलकुद महासंघ (नेकोस) को संयुक्त आयोजनामा हुने प्रतियोगिता तीन दिन हुँदै छ ।

त्रिविका पूर्व रेक्टरहरूको सुझाव : ‘नियुक्तिमा भागबन्डा नगर्नु’

वैशाख २१, २०८१ १९:५५

त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर (शिक्षाध्यक्ष) हरुले नवनियुक्त रेक्टर खड्ग केसीलाई नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन् ।विगतमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, क्याम्पस/विभागिय प्रमुख, सहायक डिन, सहायक क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक भागबन्डा गर्दा विश्वविद्यालय खस्केको उनीहरुले अनुभव सुनाए ।

अटो वर्कसप तथा मोटरसाइकल सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति 

वैशाख २१, २०८१ १९:५०

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बजारमा सञ्चालनमा रहेको खैराबाङ भगवती अटो वर्कसप तथा बजाज सोरुममा शुक्रबार बिहान ११ बजे भएको आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । 

‘इयू र विश्वमा स्पेनको निर्णायक भूमिकाको प्रशंसा गर्छौं’

वैशाख २१, २०८१ १९:२७

स्पेनमा एसिया प्रशान्त क्षेत्रका १८ राजदूतहरु सम्मिलित समूहको भेला शुक्रबार सम्पन्न भएको छ । उक्त अवसरमा राजदूतहरुको साथै स्पेनका विदेश, यूरोपेली संघ तथा सहयोगसम्बन्धी मन्त्री जोस म्यानुअल अब्बारेजको पनि उपस्थित रहेको थियो ।  

मन्त्रिपरिषद् बैठक : ६ सचिवहरूको सरूवा

वैशाख २१, २०८१ १८:४७

मन्त्रिपरिषद्ले ६ सचिवहरूको सरूवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरूवा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव  गणेशप्रसाद पाण्डेयलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय,कृषि मन्त्रालयका गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालय,  वन तथा वातावरण मन्त्रालयका दीपककुमार खराललाई कृषि मन्त्रालयमा सरूवा गरिएको छ ।

नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउन अस्पताललाई विराटनगर महानगरको निर्देशन

वैशाख २१, २०८१ १८:४२

विराटनगर महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि १० प्रतिशत बेड अनिवार्य  छुट्याउन निर्देशन दिएको छ ।

आयुष्नोभा बनिन् 'मिस इन्टरकन्टिनेन्टल नेपाल'

वैशाख २१, २०८१ १८:३५

डाक्टर आयुष्नोभा ढुंगाना 'मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छिन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित 'मिस्टर एन्ड मिस नेस्नल नेपाल २०२४'मा ढुंगानाले यो उपाधि जितेकी हुन् । 

ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड

वैशाख २१, २०८१ १८:२७

इटालीको 'ट्रेन्टो फिल्म फेस्टिभल'मा 'ह्वील्स अन द बस'ले अवार्ड जितेको छ । फेस्टिभलको ७२ औं संस्करणतर्फ सूर्य शाही निर्देशित यो फिल्मले 'स्टूडेन्ट अवार्ड' जितेको हो । 

डढेलोपीडित परिवारलाई ५० हजार र जस्तापाता

वैशाख २१, २०८१ १८:२४

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले डढेलोबाट घरबारविहीन बनेका परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै डढेलोबाट अन्य भौतिक क्षति भएकाको हकमा प्रतिपरिवार २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पालिका अध्यक्ष असीम राईले बताए ।

जबर्जस्ती उठिबास अस्वीकार्य 

वैशाख २१, २०८१ १८:१७

सत्ता गठबन्धन बदलिएपछि गत फागुनमा सरकारले देशभरका हडपिएका सार्वजनिक तथा सरकारी जग्गा सरकारको नाममा ल्याउने थप निर्णय गर्‍यो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अघिल्लै गृहमन्त्रीको कामको निरन्तरता भन्दै त्यससम्बन्धी निर्णय गर्दै परिपत्र गरे ।

अमेरिकाबाट २४ कलाकृतिहरु नेपाललाई फिर्ता

वैशाख २१, २०८१ १८:११

अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् ।

राजदूत पौड्याल र सीधुबीच भेटवार्ता

वैशाख २१, २०८१ १८:०३

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल र क्यानडा–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सोनिया सीधुबीच भेटवार्ता भएको छ । 

'टिकट टु हलिउड'मा सुगन्ध खोज्दै हिँड्ने कस्तूरीहरु 

वैशाख २१, २०८१ १७:५१

नाटक 'टिकट टु हलिउड'ले कुनै भारी मुद्दा उठाउने भार बोकेको छैन । मण्डलाको स्टुडियो थिएटरमा मञ्चित यो नाटकले गम्भीर मुद्दाको भारलाई पर राखेर एउटा रोचक र मनोरञ्जनात्मक यात्रामा दर्शकलाई डोर्‍याउँछ । मञ्चमा छन्, थोरै कलाकार र सानो सेट । अनि छ, सुपरस्टार मोन्टी र उनको हलिउड यात्रा !

भारतका प्रधानन्यायाधीश चन्द्रचुड नेपालमा

वैशाख २१, २०८१ १७:१९

भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणमा आएका छन् । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन् ।

वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति सक्रिय : ‌ओली

वैशाख २१, २०८१ १६:५८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु लागीपरेको ओलीको आरोप थियो । 

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

वैशाख २१, २०८१ १६:५१

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

गुल्मीमा लडेर एक जनाको मृत्यु

वैशाख २१, २०८१ १६:५०

गुल्मीमा एक जनाको लडेर मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका १ रातामाटाका ४६ वर्षीय लालबहादुर बिकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए ।

गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जले

वैशाख २१, २०८१ १६:४३

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा गुल्मीमा तीन सातामा १ सय ३८ घरगोठ जलेका छन् । वैशाख सुरु भएपछि जिल्लाका विभिन्न गाउँमा लागेको डढेलो अनियन्त्रित हुँदा ५४ घर, ४९ गोठ र ३५ बंगालो जलेका हुन् ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

वैशाख २१, २०८१ १६:३१

लागूऔषध मुद्दामा एक वर्ष ११ महिना १९ दिन कैद सजाय र एक लाख दुई हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

गण्डकी प्रदेश सभाको बैठक आइतबार बस्दै, मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने  

वैशाख २१, २०८१ १६:२८

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशनको दोस्रो बैठक आइतबार बस्ने भएको छ । संसद सचिवालयका अनुसार आइतबार दिउँसो ३ बजे वैठक बस्ने छ । सोही दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

आगलागीबाट संखुवासभामा २ घर जल्यो

वैशाख २१, २०८१ १६:११

आगलागीबाट धर्मदेवी नगरपालिका-३ मुढेबजारमा रहेको रूद्र जिमीको २ घर जलेको छ । बिहीबार राति विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 

इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी

वैशाख २१, २०८१ १५:५९

भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने पनि प्राधिकरणले विज्ञप्तीमार्फत सेवा प्रदायकहरूलाई जानकारी गराएको उल्लेख छ ।

इजरायल-प्यालेस्टाइन युद्धको रिपोर्टिङ गर्ने ३ कान्तिपुरकर्मी सम्मानित

वैशाख २१, २०८१ १५:३३

इजरायल-प्यालेस्टाइन युद्धको स्थलगत रिपोर्टिङ गर्ने तीन जना कान्तिपुरकर्मीलाई सम्मान गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघले इजरायलमा गई युद्धको साहसिक स्थलगत रिपोर्टिङ गरेका कान्तिपुरकर्मी होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना र श्याम श्रेष्ठलाई सम्मान गरेको हो ।  

दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किइरहेकी विद्यार्थीमाथि गोली प्रहार

वैशाख २१, २०८१ १५:१६

झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

वैशाख २१, २०८१ १५:११

पाल्पाको पूर्वखोला गाउँपालिकाले औलो अर्थात् मलेरिया संक्रमण रोक्न २ हजार ५ सय थान झुन वितरण गरको छ । पूर्वखोला–३, रिङ्नेरहमा गएको असोजमा औलोको बिरामी भेटिएकाले संक्रमण रोक्नका लागि झुल वितरण गरेको हो । 

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

वैशाख २१, २०८१ १४:३७

आफूलाई सादा पोसाकका प्रहरी भन्दै ट्रकका कामदारसँग पैसा असुल्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ लक्ष्मी ट्रेडर्सका ट्रकका कामदार ३६ वर्षीय इलियस शेषलाई धम्काई ५ हजार रुपैयाँ घुस माग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‍मा पेस हुँदैछ : सञ्चारमन्त्री शर्मा

वैशाख २१, २०८१ १३:५३

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‍मा पेस हुने प्रक्रियामा रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा मन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्‍मा दर्ता भएको जानकारी दिइन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषद्‍मा पेस गर्ने तयारी रहेको बताइन् ।

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

वैशाख २१, २०८१ १३:४१

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरूसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री दाहाल

वैशाख २१, २०८१ १३:३५

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

वैशाख २१, २०८१ १२:५१

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।