कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

खोटाङ — नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन


जिल्ला समन्वय परिषद्को वरिष्ठ उपाध्यक्षमा एलबी मगर पनि दोहोरिएका छन् । परिषद्को महिला उपाध्यक्षमा पदमकुमारी सैंजू, खुला उपाध्यक्षमा पर्शुराम तामाङ, सचिवमा सप्तमणि राई, सहसचिवमा वीरेन गुरुङ तथा कोषाध्यक्षमा किसन भुजेल चयन भएका छन् ।सदस्यहरूमा निर्मल राई, रविन सुनुवार, संगीता राई, यादव श्रेष्ठ, चित्रकला भुजेल र भुवन राईलाई छानिएका छन् । परिषद्को दुईजना सहसचिव र दुईजना सदस्य भने जनसंख्या तथा भूगोलको आधारमा चयन गरिने नव निर्वाचित सप्तमणि राईले बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद् अध्यक्षमा सोनामहाङ राई चयन भएका छन् । दिक्तेलस्थित समीक्षालय हलमा सम्पन्न महासंघको दोश्रो जिल्ला अधिवेशनले राईको अध्यक्षतामा २० सदस्यीय जिल्ला समन्वय परिषद्च यन गरेको हो ।

जिल्ला समन्वय परिषद्को उपाध्यक्षमा एलिना भुजेल र शर्मिला माझी, सचिवमा लक्ष्मी राई, सह–सचिवमा गंगा मगर, सजीन राई र कोषाध्यक्षमा लमी शेर्पा छानिएका छन् । सदस्यहरुमा सम्झना राई, जाङबु शेर्पा, फुर्वा शेर्पा, बिमला राई, शुशिला राई, आङनिमा शेर्पा, छिरीङ शेर्पा, तेन्जी शेर्पा, लक्ष्मी शेर्पा, याङडी शेर्पा, ङकी शेर्पा, पाल्जुम शेर्पा, न्यान्सी राई र सन्ध्या मगर चयन भएका छन् ।

प्रकाशित : वैशाख २१, २०८१ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?