कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

कमल पन्थी

बर्दिया — आफूलाई सादा पोसाकका प्रहरी भन्दै ट्रकका कामदारसँग पैसा असुल्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ लक्ष्मी ट्रेडर्सका ट्रकका कामदार ३६ वर्षीय इलियस शेषलाई धम्काई ५ हजार रुपैयाँ घुस माग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

कालाबन्जर जंगलमा भे १ ख ३५०७ नम्बरको ट्रक चालक बाँसगढी नपा–६ दमौलीका शक्ति श्रेष्ठको मिलेमतोमा माछागढका २५ वर्षीय मानबहादुर सुनार,२२ वर्षीय हिमाल विक र सोही ठाउँका २२ वर्षीय निरज नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए ।

ट्रक चालक श्रेष्ठ फरार रहेको उनले जनाए । बिहीबार मध्यरातमा कवाड सामान लिई गई रहेका शेषलाई बाँसगढी–७ कालाबन्जर जंगलमा रोकी ५ हजार रकम नदिए जान नदिने धम्की दिँदादिँदै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रकाशित : वैशाख २१, २०८१ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?