कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

काठमाडौँ — सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

बेलायतमा १९९७ मे १ मा भएको आमनिर्वाचनमा ब्लेयरको लेबर पार्टी अत्यधिक मतसहित विजयी भएको थियो । ६ सय ५९ सदस्यीय संसद्मा लेबरले ४ सय १८ सिट ल्याउन सफल भएको थियो । जसका कारण ब्लेयरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । प्रधानमन्त्री जोन मेजरको कन्जरभेटिभ पार्टी १ सय ६५ मा सीमित भएको थियो ।

प्रकाशित : वैशाख २०, २०८१ ०६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?