२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

सन् १८८९ आजकै दिन : जर्मन तानाशाह हिटलरको जन्म

काठमाडौँ — सन् १८८९ मा आजकै दिन (अप्रिल २०) मा तानाशाही शासक एडोल्फ हिटलरको जन्म भएको थियो । अस्ट्रियाको सामान्य परिवारमा जन्मिएका हिटलरको बाल्यकालको सपना चित्रकार बन्ने थियो । तर एकेडेमी अफ फाइन आर्ट्स भियनामा प्रवेश परीक्षा पास गर्न नसकेपछि उनी सेनामा भर्ती भएका थिए । उनी प्रथम विश्वयुद्धताका जर्मन सेनामा भर्ना भएका थिए । 

सन् १८८९ आजकै दिन : जर्मन तानाशाह हिटलरको जन्म

युद्धका कारण बेरोजगारी बढिरहेको अवस्थामा राजनीतिमा लागेका हिटलर १९२१ मा नाजी पार्टीको नेता भएका थिए । छोटो समयमै जनताहरूको मन जितेका हिटलर १९३३ मा ४४ वर्षको उमेरमा नै जर्मनीको चान्सलर बने । त्यसलगत्तै उनले राष्ट्रपतिमार्फत संविधान संशोधन गराएर चान्सलर पदलाई निकै शक्तिशाली बनाउन सफल भएका थिए ।

१९३४ मा राष्ट्रपतिको मृत्यु भएसँगै हिटलर देशको सर्वोच्च नेता तथा चान्सलर बने । आफ्नो शासनकालमा हिटलरले जर्मनीको भूभाग विस्तार गरेका थिए । जातीय नरसंहार मच्चाएर उनले ६० लाखभन्दा बढी यहुदीको ज्यान लिएका थिए । दोस्रो विश्वयुद्धमा पराजित भएपछि उनले १९४५ अप्रिल ३० मा आत्महत्या गरेका थिए  ।

प्रकाशित : वैशाख ८, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?